
जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वभरका क्यान्सर रोग विशेषज्ञहरूको सम्मेलनमा नेपालका मेडिकल अङ्कोलोजिस्ट डा. अरूण शाहीको कार्यपत्र उत्कृष्ट घोषित भएको छ ।
सिंगारपुरमा सम्पन्न सम्मेलनमा विभिन्न मुलुकबाट तीन हजार क्यान्सर रोग विशेषज्ञको उपस्थिति थियो । उक्त सम्मेलनमा प्रस्तुत ३०० कार्यपत्रबाट डा. शाहीले प्रस्तुत गरेको कार्यपत्र सर्वोत्कृष्ट भएको हो ।
उहाँलाई बेल्जियमका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. इरिक भ्यान कटसेमले उत्कृष्ट कार्यपत्रको अवार्ड प्रदान गर्नुभएको थियो ।
डा. शाहीले खानपिन र दैनिक जीवनशैलीले हुने पेटको क्यान्सरको जोखिमबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

