जनस्वास्थ्य सरोकार, नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका बानियाँटारमा मधुमेहसम्बन्धि निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरण गरिएको छ ।

धन योगा फाउण्डेशन नेपालको आयोजनामा ‘मधुमेह स्वास्थ्य लाभ २०२२’ अन्तर्गत बानियाटारमा रहेको इन्द्रायणी माध्यमिक विद्यालय परिसरमा मंसिर १७ गते भएको सो शिविरमा मधुमेह सम्बन्धि जनचेतनामूलक कार्यक्रमसमेत गरिएको थियो ।
शिविसरमा मधुमेह, उच्चरक्तचाप, सम्बन्धि निःशुल्क जाँच गरिनुका साथै मधुमेहले आँखा र दाँतमा पार्ने असरबारे ४० वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिलाई चिकित्सकीय परामर्श सेवा उपलब्ध गराइएको थियो ।

शिविरमा डा.किरण ध्वजु, डा.डाइग्नेश अर्याल, डा.सलीना कार्की, डा पूजा अर्याललगायत तिलगंगा आँखा अस्पतालको टिमले सेवा प्रदान गर्नुभएको थियो । सो अवसरमा कक्षा ९ र १० का बालबालिका एवं वडा नम्बर १ र २ का नर्सहरुले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए ।

सो भेगमा मधुमेह सम्बन्धी बिरामी बढदै गइरहेको र नियमित रुपमा स्वास्थ्य जाँचको अवसरमा बञ्चित भएको पाइकाले शिविर र जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको धनयोगा फाउन्डेसनकी अध्यक्ष स्मृति शर्मा तिवारीले बताउनुभयो ।



नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
