
जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदैछ । ‘बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी’ भन्ने नारासहित नेपालमा पनि आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
नेपालमा अझै पनि महिनावारीका समयमा प्रभावकारी र सुरक्षित ढंगले प्याड प्रयोग नगर्दा धेरै महिलामा स्वास्थ्य समस्या हुँदै आएको छ । तथ्यांकअनुसार नेपालमा प्रजनन उमेरका २० प्रतिशत महिलाले मात्रै सुरक्षित तवरले महिनावारी प्याड प्रयोग गर्ने गरेको पाइएको छ ।
कम गुणस्तरको प्याडको प्रयोग, लामोसमय एउटै प्याडको प्रयोग वा पुराना घरायसी कपडाको निरन्तर प्रयोग असुक्षित हुने स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन् ।
नेपालमा प्याड निःशुल्क गर्नुपर्ने माग बेलाबेलामा उठ्ने गरेको भए पनि सरकारले बेवास्ता गर्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

