
जनस्वास्थ्य सरोकार, जलेश्वर । एक सातादेखि बढेको चिसोका कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको बढेका छन् । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ ।
जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साहले बताए । उनका अनुसार चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।
सामान्य अवस्थामा औसतमा ४०/५० जना बिरामी उपचारका लागि आउने गरेकोमा पछिल्लो समय दैनिक एक सय ५० सम्म बिरामी उपचारको लागि आउने गरेको डा साहले बताए ।
लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित भएका छन् । साथै, आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको डा साहले बताए ।
विपन्न नागरिकको उपचारबापत ११५ अस्पताललाई २७ करोड सोधभर्ना
मंगलबार, भदौ ९, २०८३
आईभीएफका नाममा डिम्ब तस्करी बढेको भन्दै ओरेकद्वारा तत्काल कानुनी नियमनको माग
मंगलबार, भदौ ९, २०८३
बीपी प्रतिष्ठानका तीन प्रमुख पदमा १४ उम्मेदवार अन्तर्वार्ताका लागि छनोट
मंगलबार, भदौ ९, २०८३
आरुघाट अस्पताल स्तरोन्नति गर्न ६ पालिका मिलेर काम गर्ने सहमति
सोमबार, भदौ ८, २०८३
