जनस्वास्थ्य सरोकार, काठमाडौं । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना भएको छ । कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा अक्सिजन प्लान्ट स्थापना भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं नेतृत्वको टोली र बोटलर्स नेपाल लिमिटेडका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा नवनिर्मित अक्सिजन प्लान्ट हस्तान्तरण भएको हो ।
एकपटकमा ५० जनासम्म बिरामीलाई सेवा दिन सकिने यस अक्सिजन प्लान्टबाट प्रतिसेकेन्ड दुई सय ४० लिटर अक्सिजन उत्पादन गर्न सकिने फाउन्डेसनले जनाएको छ । अक्सिजन प्लान्ट हस्तान्तरणपछि क्रियसन र कोकाकोला फाउन्डेसनलाई धन्यवाद दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव गुरागाईंले कोभिड महामारीले स्वास्थ्यजन्य विपत्बाट बच्न सदैव तयारी अवस्थामा रहनुपर्ने महसुस गराएको बताइन् ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
