
जनस्वास्थ्य सरोकार, काठमाडौं । बैतडीका भैंसीमा खरी रोग फैलिएपछि कृषक चिन्तामा परेका छन् । खासगरी स्थानीय गड्डी जातका भैँसी खरी रोग संक्रमण व्यापक भएपछि कृषक चिन्तामा परेका हुन् ।
स्थानीय स्तरमा राखिएको पशु स्वास्थ्य शिविरबाट गाउँमा उक्त रोगको संक्रमण व्यापक भएको पुष्टि भएको हो । खरी रोगको संक्रमणबाट स्थानीय गड्डी जातको भैंसीनै लोप हुने हो कि भन्ने चिन्ता बढेको एक स्थानीय कृषकले बताउनुभयो ।
भर्खरै सम्पन्न पशु स्वास्थ्य शिविरमा खरी रोगको समस्या लिएर आउने किसानको भैँसीको निःशुल्क औषधोपचार गरिएको जनाइएको छ । मङ्सिर १९ र २० गते सञ्चालन भएको पशु स्वास्थ्य शिविरमा भैँसीपालन गर्ने किसानले खरी रोगको समस्या लिएर आएको पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख पशु विकास अधिकृत गुमानीदत्त पन्तले बताउनुभयो ।
शिविरबाट ११० जना किसानले पशु स्वास्थ्य सेवा लिएका छन् । गाउँमा पहिलोपटक पशु स्वास्थ्य शिविर सञ्चालन हुँदा बाख्रापालन गर्ने किसानलाई फाइदा भएको अगुवा किसान दानसिंह ऐरीले बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

