
जनस्वास्थ्य सरोकार, काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार यस वर्ष महामारीको रुपमा फैलिएको डेंगीका ३ सेरोटाइप (समूह) पुष्टि भएको छ । देशभरबाट लिइएको ३३४ नमुनाबाट सेरोटाइप १, २ र ३ पुष्टि भएको शाखाले जनाएको हो ।
शाखाले त्रिभुवन विश्वविद्यालयमा ५०, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २७२ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमूना परीक्षण गरी तीन समूहका सेरोटाइप पुष्टि गरेको हो ।
शाखाअन्तरगतको ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले १५४ नमुनामा सेरोटाइप १, ३४ वटा नमुनामा सेरोटाइप २ र ८१ वटा नमुनामा सेरोटाइप ३ देखिएको जनाउनुभयो ।
७७ वटै जिल्लामा फैलिएको डेंगीबाट साउनयता ५३ हजार ९५१ जना संक्रमित र ६२ जनाको मृत्यु भइसकेको छ । डेंगी शून्य नै नभए पनि केशहरु हाल निकै कम भइसकेका छन् । अहिले पनि दैनिक १० देखि १२ जनामा डेंगी पुष्टि भइरहेको छ ।
नेपालमा सन् २००४ मा पहिलो पटक डेंगी पुष्टि भएको थियो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

