
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाटै १० प्रतिशत शुल्क उठाउनेगरी कार्यविधि बनाइरहेको छ । बिमित बिरामीले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेको भन्दै उपचार खर्चको १० प्रतिशत शुल्क लिनेगरी कार्यविधि बनाइरहेको बोर्डले जनाएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, जिल्ला अस्पताल, प्रदेशस्तरीय अस्पताल र आकस्मिक सेवाबाहेकका अर्को जाँचका लागि सिफारिस गरिएको (रेफरल) अस्पतालमा उपचार गर्दा १० प्रतिशत शुल्क बिमितले व्यहोर्नुपर्ने गरी तयारी भइरहेको बताइएको छ ।
बोर्डले लक्षित वर्गलाई भने शुल्क नतोक्ने बताएको छ । लक्षित वर्गमा अतिगरिबी, अति अशक्त अपाङ्गता, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोगी भएका परिवार र ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक पर्दछन् ।
बिमा गरेबापत बीमितले एक हजार एक सय २३ औषधिजन्य सामग्री निःशुल्क पाउने गर्दछन् ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
