
जनस्वास्थ्य सरोकार, चितवन । पछिल्लो समय असुरक्षित गर्भपन विकराल र थप चुनौती बन्दै गएको पाइएको छ । स्वैच्छिक गर्भपतनले मान्यता पाएसँगै नेपाली गर्भपतन सम्बन्धी मुलुकी ऐन बाझिदा पनि असुरक्षित गर्भपतन बढ्दै गएको विज्ञ तथा सरोकारवालाहरुले बताउनुभएको छ ।
भरतपुरमा शनिबार आयोजित असुरक्षित गर्भपतन तथा जनस्वास्थ्य सम्बन्धी कार्यक्रममा उहाँहरूले मुलुकी ऐनमा स्पष्ट मापदण्ड नहुँदा असुरक्षित गर्भपतन थप चुनौती बन्दै गएको बताउनुभएको हो ।
सो अवसरमा प्रस्तुतीकरण दिँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका डा.श्याम लम्सालले कानुनी उल्झन, यससम्बन्धी स्पष्ट मापदण्ड नहुँदा र निर्देशिका पालना नहुँदा असुरक्षित गर्भपतन बढ्दै गएको बताउनुभयो ।
“महिलाले १२ हप्ता सम्मको स्वैच्छिक गर्भपतन गर्ने कानुनी व्यवस्था छ तर त्यसपछिको गर्भपतनमा भने विभिन्न सर्तहरू राखिएका छन् । मुलुकी ऐन आफैँमा बाझिएको छ र चिकित्सकलाई समेत काम गर्न अप्ठेरो भएको छ ।” डा. लम्सालले भन्नुभयो ।
असुरक्षित र अवैध गर्भका कारण तोकिएको स्वास्थ्य संस्था तथा चिकित्सकबाट गर्भपतन नहुने गरेका कारण मातृ मृत्युदर समेत बढेको उहाँको भनाई छ । असुरक्षित गर्भपतनका कारण पाठेघर तथा अन्य अङ्गमा चोट पुगेर मातृ मृत्युदर बढेको उहाँले बताउनुभयो ।
कार्यक्रममा भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख सुनिलमणि पोख्रेलले असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तश्राव, उच्च रक्तचाप र सङ्क्रमणका कारण मातृ मृत्युदर बढेको बताउनुभयो । “एक त मुलुकी ऐनले आफैँमा बाझिएको छ । अर्को कुरा सचेतना र परिवार नियोजनका साधन प्रयोगमा कमी र लापरवाही छ ।” डा.पोख्रेलले बताउनुभयो । समाजको डर, सामाजिक प्रतिष्ठा र जथाभाबी औषधिको प्रयोगले पनि असुरक्षित गर्भपतन बढेको उहाँको भनाई छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
