
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बेलायतमा थेराप्युटिक उपचारबाट एक किशोरीको रक्त क्यान्सर पूर्णरूपमा निको भएको छ ।
'बेस इडिटिङ' थेराप्युटिक उपचारबाट बेलायतमा एलिसा नाम गरेकी किशोरीको शरीरबाट क्यान्सर पूर्णरूपमा सफा गरिएको बीबीसीले जनाएको छ ।
यसअघि एलिसाका उपचारका क्रममा ल्युकेमियाका अन्य सबै उपचार असफल भएका थिए ।
त्यसपछि ग्रेट अर्मन्ड स्ट्रिट अस्पतालका डाक्टरहरूले आनुवंशिक इन्जिनियरिङका माध्यमबाट 'बेस इडिटिङ' भन्ने विधिको प्रयोग गरेर १३ वर्षीया किशाेरी एलिसाका लागि नयाँ औषधि बनाए ।
त्याे औषधि प्रयोग गरेको छ महिनापछि उनको शरीरमा क्यान्सर पाइएको छैन । यद्यपि अझै पनि उनमा क्यान्सर फर्किन्छ कि भनेर डाक्टरहरूले निगरानी गरिरहेका छन् ।
यसअघि एलिसाको क्यान्सर निको नहुने विश्वास गरिएको थियो । किमोथेरापी र बोन–म्यारो ट्रान्सप्लान्ट गरेपछि पनि उनको शरीरमा केही फरक देखिएको थिएन ।
त्यसपछि डाक्टरहरूले बेस इडिटिङ विधिको प्रयोग गरेका थिए जसको आविष्कार छ वर्षअघि भएको थियो । नयाँ विधिबाट किशोरीको उपचार सफल भएको र क्यान्सर रोगको निदानमा यो ठूलो उपलब्धि भएको खबरमा उल्लेख छ ।
बेस अर्थात् आधारहरूलाई जीवनका आधारभूत तत्त्व मान्ने गरिन्छ । बेस इडिटिङले वैज्ञानिकहरूलाई आनुवंशिक कोडको निश्चित भागमा केन्द्रित हुन र एउटा बेसको मोलिक्युलर संरचनालाई परिवर्तन गर्न साथै त्यसलाई अर्कोमा रूपान्तरण गर्न तथा आनुवंशिक निर्देशनहरू परिवर्तन गर्न दिन्छ । बीबीसीबाट
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
