जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको मित्रपार्कस्थित नेपाल भारत मैत्री हस्पिटलमा निःशुल्क हेमोडायलाईसिस सेवा शुरु भएको छ । हस्पिटलमा ११ वटा हेमोडायलाईसिस मेसिनबाट सो सेवा शुरु गरिएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा सूचिकृत भई, स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत सेवा सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइले जानकारी दिनुभयो ।
निःशुल्क सेवाका लागि बिरामीले सम्बन्धित स्थानीय निकायबाट विपन्न नागरिकको सिफारिस अनिवार्य रुपमा ल्याउनुपर्ने छ । हस्पिटलमा हाल उपलब्ध ११ वटा मेसिनबाट २४ घण्टाको बीचमा दैनिक ६६ जनाको डायलाईसिस गर्न सकिने भएकाले आवश्यक भएका व्यक्तिले तत्काल सम्पर्क गरी सेवा लिन हेमाडायलाईसिस युनिटका प्रमुख प्रकाश पोख्रेलले आग्रह गर्नुभयो ।





चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

