
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ को स्वास्थ्यमा सुधार आएको छ । चीनमा उपचाररत पुनको स्वास्थ्य सुधार आएसँगै उहाँ एक साताभित्र नेपाल फर्किने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ ।
सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा मंसिर २२ बाट नेता पुन उपचाररत हुनुहुन्छ । चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउनले गर्दा क्वारेन्टिनमा उहाँको उपचार थालिएको थियो ।
पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित हुनुहुन्छ ।
चुनावी धेपेडीका कारण रोग बल्झिएपछि उहाँ नेपाली चिकित्सकहरूको परामर्शमा मंसिर तेस्रो साता दुबई, ग्वान्झाओ हॅुदै सेन्जेन प्रस्थान गर्नुभएको थियो । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।
पुनसँगै पत्नी पूर्वसभामुख ओनसरी घर्ती पनि चीन जानुभएको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
