
जनस्वास्थ्य सरोकार, काठमाडौं । हस्पिटलको शैयाबाट पनि विवाह हुन्छ त भन्ने कुराले तपाईंलाई झस्काउन सक्छ । कहिलेकाँही यस्तो कुरा संयोग पनि हुदोरहेछ । काठमाडौंको धुम्वराहीस्थित ह्याम्स हस्पिटलको शय्याबाटै एक जोडीको विवाह भएको छ ।

एपेन्डिसाइटिसको शल्यक्रिया गरेर अस्पताल बसेका नेपाली नागरिक नवीन गिरी र जर्मन नागरिक इंकाबीच अस्पतालको शैयाबाट मंसिर २७ गते विवाह भएको हो । बिरामी भएर अस्पतालको शैयामा रहेको बेला विवाह भएको सम्भवतः नेपालको लागि यो पहिलो घटना पनि हुनसक्छ ।
मंसिर २७ गते नवीन र इंकाबीच चन्द्रागिरीमा विवाह गर्ने साइत तय भएको थियो । तर विवाह हुनुभन्दा अघिल्लो रात नवीनलाई एपेन्डिसाइटिस भयो । एक्कासी पेट दुख्यो । उनी आकस्मिक रुपमा ह्याम्स भर्ना भए । यसले निर्धारित साइतमा विवाह हुन नसक्ने अवस्था सृजना भएको थियो ।

ह्याम्स हस्पिटलका बरिष्ठ सर्जन डा. अनुज पराजुली लगायतको टिमले अत्याधुनिक प्रविधि (ल्याप्रोस्कोपिक सर्जरी) विधि बाट नविनको शल्यक्रिया गरे । एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने बित्तिकै विवाह गर्न जोखिम हुने र विवाहको मिति सार्दा माघ महिनामा मात्र हुने साइत जुर्यो ।
तर इंकाका बुबाआमा र आफन्त पनि चाँडै जर्मनी फर्किनुपर्ने भएकाले सीमित आफन्त, चिकित्सक र नर्सको उपस्थितिबीच ह्याम्स अस्पतालमा नवीन र इंकाबीच मंसिर २७ गते शैयाबाटै विवाह भएको थियो ।
बरिष्ठ चिकित्सक तथा अत्याधुनिक प्रविधिको मद्दतले दुखाई कम (पेन म्यानेज्मेन्ट) हुनुका साथै शल्यक्रिया पश्चातको स्वास्थ्यलाभ (रिकभरी) चाँडै भई शल्यक्रिया भएको अर्को दिन अस्पतालको शैयाबाट विवाह गर्न सहज भएको डा. पराजुलीले बताउनुभयो । शल्यक्रिया भएको तेस्रो दिन हस्पिटलबाट अनिल डिस्चार्ज भएका थिए ।

३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
