
सन्जोग आचार्य, न्यूयोर्क अमेरिका । नेप्लीज अमेरिकन नर्सिङ एसोसियसन (नाना) को दशौं वार्षिक साधारणसभा शनिवार न्यूयोर्कमा भव्य कार्यक्रमबीच सम्पन्न भएको छ । सो सम्मेलनले संगीता पुडासैनी काप्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ ।
अमेरिकामा कार्यरत नेपालीमूलका नर्सहरुको छाता संगठनको रुपमा कार्य गर्दै आएको यस संस्थाको उपाध्यक्षमा नीमा शेर्पा, सचिवमा नविना आचार्य, सहसचिवमा उर्मिला खड्का थापा, कोषाध्यक्षमा सुनिता दास परियार र सह कोषाध्यक्षमा लामु लामा चयन हुनुभएको छ । त्यसैगरी, सदस्यमा सबिना श्रेष्ठ, रिता श्रेष्ठ, सबिना लामिछाने वाग्ले, लक्ष्मी भण्डारी, सारिका थापा, आङ याङकी शेर्पा र सुमित्रा बोहरा चयन हुनुभयो ।
नेप्लीज नर्सिङ एसोसियसनका निबर्तमान अध्यक्ष पूर्णदेवी महर्जनले अमेरिकामा रहेका नेपालीमूलका नर्सहरुको बृत्तिविकासको लागि संस्थाले काम गर्दै आएको बताउनुभयो ।
संस्थाले कोभिडको समयमा पनि नेपालका १४ वटा अस्पतालमा मास्कलगायत समान बितरण गरेको जनाउदै महर्जनले भन्नुभयो—‘हाम्रो संस्थाले अमेरिकामा रहेका नर्सहरुको बृत्तिविकाससंगै नेपालको स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा पनि सहयोग पुर्याउदै आएको छ ।’
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
