
जनस्वास्थ्य सरोकार, काठमाडौं । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त मंगलबार स्वदेश फर्कनुहुने भएको छ । स्वास्थ्यमा सुधार देखिएपछि पुन मंगलबार नेपाल फर्कन लागेको पारिवारिक स्रोतले जनाएको छ।
वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरूको परामर्शमा फलोअप उपचारका लागि चीन जानुभएको थियो । पुन सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालकोमा उपचार गराइरहनुभएको छ ।
पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’भनिन्छ। गत वर्ष चीनमा उपचार गरेर फर्कंदा पुनमा जन्डिसको मात्रा ९बिलरुविन० ९ रहेकोमा अहिले बढेर ३५ पुगेपछि उहाँ चीन जानुभएको हो ।
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

