‘बिरामीको उपचारमा चिकित्सकहरु पोख्त भएपनि अस्पतालको उचित व्यवस्थापन र लागत न्युनिकरण गरेर राम्रो सेवा जनतासमक्ष कसरी लैजान सकिन्छ भन्ने कुरा हेल्थ केयर म्यानेज्मेन्टले सिकाउँछ ।’

मिलन गुरुङ उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुनुुहुन्छ । उहाँले हेल्थकेयर म्यानेज्मेन्टको क्षेत्रमा काम गरेको दुईदशक बितिसकेको छ । हेल्थकेयर म्यानेज्मेन्टमा मास्टर्स डिग्री गर्नुभएका उहाँ हेल्थकेयर म्यानेज्मेन्टमा पिएचडी गर्दै हुनुहुन्छ । गुरुङले शैक्षिक नेतृत्व (एजुकेस्नल लिडरसिप) मा एमफिल गर्नुभएको छ । यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिमा पनि मास्टर्स गर्नुभएको छ । गुरुङ नेशनल ओपन कलेजका साथै इम्पेरियल बिजनेस कलेजमा व्याच्लर र मास्टर्स डिग्रीका विद्यार्थीहरुलाई हेल्थकेयर म्यानेज्मेन्ट विषय अध्यापन गराउनुहुन्छ । यसै सन्दर्भमा अस्पताल व्यवस्थापनसम्बन्धि गुरुङसँग गरिएको कुराकानीको सारसंक्षेप ।
बिरामी र डाक्टरप्रतिको दूरी बढ्नुमा के कारण देख्नुभएको छ ?
सबैभन्दा ठूलो अन्तर कम्युनिकेसन (सञ्चार) नै हो । बिरामीलाई कुन तरिकाले भर्ना लिइएको छ ? बिरामीको इन्भेष्टिगेसन कसरी भयो ? र बिरामीको उपचार कसरी भइरहेको छ ? भन्नेबारे आफन्तलाई हतपत बताइँदैन । अन्तिम अवस्थामा मात्र भन्ने गरिन्छ । बिरामी मरेमा आफन्तले हुलढंगा नगरोस् भनेर मञ्जुरीनामा कागजमा हस्ताक्षर गर्न लगाइन्छ । यसले बिरामी उसका आफन्त डराउँछन् र शंकाको दृष्टिकोणबाट हेर्न थाल्छन् ।
बिरामी र उसका आफन्तलाई समस्याबारे राम्रोसँग बुझाएमा समस्या आउँदैन ।
अझ न्युरो साइन्समा त न्युरोलोजीकल समस्या भन्नेबित्तिकै डराउँछन् । यस्तो समस्यामा पनि डराउनुपर्दैन । नयाँ प्रविधि र उपचार पद्धतिले अधिकांशको जीवन जोगाएको हुन्छ । यसबारे जागरुक गराउन अब हामी घरघरमा पुग्दैछौं । न्युरोलोजिकल सेवा नभएका प्रत्येक अस्पताल पुगेर चिकित्सकहरुलाई आधारभूत कुरा सिकाउँदै छौं । बिरामीले सम्बन्धित अस्पतालमा नै न्युरोलोजिकलसम्बन्धि आधारभूत उपचार प्राप्त गर्न सकुन् भन्ने हाम्रो उद्देश्य हो । हाम्रो टिम बलियो छ । मुलुकमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छौं । बिरामी अन्यत्र जानु नपरोस् भनेर थप सेवा थप्दैछौं ।
अस्पतालमा हेल्थकेयर म्यानेज्मेन्टको भुमिका के हुन्छ ?
अस्पतालको उचित व्यवस्थान गर्न व्यवस्थापकको खाँचो महसुस गरी सन् २००० मा पोखरा विश्वविद्यालयअन्तर्गत नेशनल ओपन कलेजले हेल्थकेयर म्यानेज्मेन्ट विषयमा अध्ययन अध्यापन शुरु गरेपछि यससँग सम्बन्धित जनशक्ति उत्पादन हुन थालेका छन् । यहाँ अस्पताल व्यवस्थानबारे अध्ययन अध्यापन हुने भएकाले चिकित्सकहरुमासमेत रुचि बढेको पाइन्छ । यसले व्यवस्थापन प्रक्रियालाई दक्ष बनाउन मद्धत मिलेको छ ।
यसरी विगत २२ वर्षदेखि एकत्रित गरेर स्वास्थ्य सेवालाई जनतासम्म सजिलै पुर्याउन हेल्थ केयर व्यवस्थापकहरुले पुलको काम गरिरहेका छन् ।
हस्पिटल व्यवस्थापनका निर्देशकदेखि रिटायर्ड हुन थालेका नर्सहरुलेसमेत हेल्थकेयर म्यानेज्मेन्टको कोर्ष अध्ययन गर्न थाल्नुभएको छ ।
यहाँको जिम्मेवारी बताइदिनुस् न ?
अस्पतालको प्रशासनिक र नियमित कार्यहरुलाई सहजीकरण गरी सफलतापूर्वक अघि बढाउने मेरो असाइन्मेन्ट हो ।

नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
