
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु)सङ्क्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुने गर्दछ ।
दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इन्फ्लुएन्जाका फोकलपर्सन डा मिलन ब्रजाचार्यले रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई सङ्क्रमणको जोखिम बढी हुने गरेको बताउनुहुन्छ ।
“दिर्घरोगी बिरामीलाई इन्फ्लुएन्जाले फोक्सोमा असर गरेर निमोनिया जस्ता समस्या आउन सक्छन्,” उहाँले भन्नुभयो,“यस्ता बिरामीलाई सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गर्नुपर्दछ ।”
नेपालमा इन्फ्लुएन्जा ‘ए’ पुष्टि भइसकेको छ । कात्तिकदेखि फागुनसम्म इन्फ्लुएन्जा भाइरसको सङ्क्रमण हुने भएकोले सतर्कता अपनाउनुपर्ने उहाँ बताउनुहुन्छ । डा बज्राचार्यले हप्तामा सात–आठ स्वाब सङ्कलन गरेर नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको बताउनुभयो ।
इन्फ्लुएन्जा सङ्क्रमणका बिरामीमा ज्वरो आउनु, खोकी लाग्नु र घाँटी दुख्नु, टाउको दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस जस्ता लक्षण देखा पर्दछन् । इन्फ्लुएन्जा भएका सबैलाई ज्वरो नआउन पनि सक्छ ।
यसबाट बच्न बिरामी भएका व्यक्तिसँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने, बेलाबेलामा सावुनपानीले हात हुने र आफ्नो आँखा, नाक वा मुख नछुने गर्नुपर्दछ । रासस
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
