
जनस्वास्थ्य सरोकार, काठमाडौं । चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहरूले यही अवस्था कायम रहेमा आगामी केही महिनामा देशमा १९ देखि ८० करोड मानिस संक्रमित हुन सक्ने अनुमान गरेका छन् ।
एनपीआरको प्रतिवेदनले कोरोनाबाट चीनमा मृत्यु हुनेको संख्या ५ लाख हुनसक्ने बताए पनि चीनको आधिकारिक तथ्याङ्क योभन्दा निकै कम छ ।
चिनियाँ अधिकारीका अनुसार, संक्रमणबाट मंगलबार मात्रै पाँच र सोमबार दुई जनाको मृत्यु भएको छ ।
चीनका जनस्वास्थ्य अधिकारीहरूले आगामी केही महिनामा ८० करोड मानिस कोरोनाबाट संक्रमित हुने र झण्डै पाँच लाख मानिसले मृत्युवरण गर्न सक्ने आकलन गरेको छन् ।
अमेरिकी सञ्चारमाध्यम एनपीआरमा प्रकाशित रिपोर्टमा येल विश्वविद्यालयका जनस्वास्थ्य अनुसन्धानकर्ता तथा चिनियाँ स्वास्थ्य प्रणालीका विशेषज्ञले यो लहरले असर गर्ने बताएका छन् ।
चीनबाहेक जापान र दक्षिण कोरियामा पनि कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, मंगलबार त्यहाँ ११२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या ३४९० छ ।
चीनमा कोरोना संक्रमण फैलिएपछि भारतमा पनि त्रास फैलिएको छ । कतिपयले प्रभावित क्षेत्रबाट देशभित्र यात्रा गर्न प्रतिबन्ध लगाउन सुझाव दिएका छन् । एजेन्सी
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

