
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य सेवाको १२औं तहको अतिरिक्त स्वास्थ्य सचिव पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिको बिहीबार बिहान बसेको बैठकले रिक्त रहेको दुई पदमा तीन जनाको नाम सिफारिस गरेको हो।
बढुवा समितिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा र प्रदेश अस्पताल भद्रपुरका डा. टंक बराकोटीको नाम सिफारिस गरेको छ।
सिफारिस समितिले मन्त्रिपरिषदमा पठाएको उक्त नाममध्ये दुई जना १२औं तहमा बढुवा हुनेछन्। १२ औं तहमा बढुवाका लागि २१ जनाले आवेदन दिएका थिए।
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

