
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानले शिक्षाध्यक्षमा इन्टर्नल मेडिसिन विभागका प्रा.डा. सञ्जीवकुमार शर्मालाई नियुक्त गरेको छ ।
प्रतिष्ठानको ऐनबमोजिम प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति माननीय स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ्गले प्रा.डा. शर्मालाई पाँच वर्षका लागि नियुक्ति गर्नुभएको हो ।
तत्कालीन शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालको पदावधि गत असोज २६ गते समाप्त भएपछि रिक्त रहेको थियो ।
यस्तै, सञ्चालक परिषद् सदस्यमा स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका प्रा.डा. नीलाम्बर झा तथा माइक्रोबायोलोजी विभागका प्रमुख डा. नारायणराज भट्टराईलाई नियुक्त गरिएको छ ।
त्यस्तैगरी, प्रा.डा. झा तथा डा. भट्टराईलाई सञ्चालक परिषद् सदस्यमा मनोनीत गरिएको छ । उहाँहरुको समयावधि ४ वर्षका लागि हुने प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

