
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै सजग रहन आग्रह गरेको छ । छिमेकी राष्ट्र चीनमा कोरोनाको नयाँ लहर फैलिएर अस्पतालहरू भरिभराउ भएका खबर सार्वजनिक भएलगत्तै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
स्वास्थ्य मन्त्रालयलका सहप्रवक्ता डा समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकहरूमा पछिल्लो समय सङ्क्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा नेपालमा सचेत रहन आग्रह गर्नुभएको छ । मन्त्रालयका अनुसार चीनसहित छिमेकी मुलुकहरूमा पुष्टि भएका बीएफ ७ भेरियन्ट हालसम्म नेपालमा भने पुष्टि भएको छैन ।
तर, सङ्क्रमण फैलिने जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले मास्क लगाउन, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ । सहप्रवक्ता अधिकारीका अनुसार एक महिनामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएका नमुनाको ‘जिन सिक्वेन्सिन’ गर्दा वीएफ ७ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४८ नमुना परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरियन्ट फेला परेको उहाँले जानकारी दिनुभयो । सहप्रवक्ता डा. अधिकारीले नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवम् सम्बन्धित देशसँग समन्वय गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।
नेपालमा कोभिड–१९ को सङ्क्रमण कम भए पनि विश्वव्यापी रूपमा हेर्दा केही देशहरूमा भने सङ्क्रमणको नयाँ स्वरुप बढिरहेकाले जोखिम रहेको मन्त्रालयले जनाएको छ । हाम्रै छिमेकी देशहरूमा सङ्क्रमणको पछिल्लो अवस्थाबाट हामी सूसुचित हुँदै सजक हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
कोभिड–१९ को सङ्क्रमणको जोखिम फरक स्वरुपमा देखिरहेकाले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सबैलाई मास्कको प्रयोग गर्न, एक अर्काबीच भौतिक दूरी कायम राख्न र व्यक्तिगत हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ । मन्त्रालयले सबै सिमानाका बिन्दुका स्वास्थ्य सहायता कक्षहरूमा स्क्रिनिङ, निगरानी, सतर्कता एवम् आवश्यक तयारी गर्न आग्रह गरेको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

