
जनस्वास्थ्य सरोकार, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
अमेरिकाको क्यालिफोर्नियास्थित एन.आर.एन.ए. ननरेसिडेन्ट नेपाली एशोसिएसनले डा. पुनलाई ११ सय अमेरिकी डलर राशीको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्का २०२२ प्रदान गरेको हो।
बिहीबार माडी भिलेज रिसोर्टको सभाहलमा बामगती प्रदेशसभा सदस्य निर्वाचित ठाकुर प्रसाद ढकाल र माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले डा. पुनलाई पुरस्कारको ताम्रापत्र सहित १ लाख ४० हजार रूपैंयाको चेक हस्तान्तरण गर्नुभयो ।
कोभिड१९ लगायतका प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको विशेष भूमिकाको प्रशंसा गर्दै एशोसिएसनले वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. पुनलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

