
जनस्वास्थ्य सरोकार, विरगञ्ज । विरगंजस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा तीन दिने ‘बेसिक लाइफ सपोर्ट तालिम’ सम्पन्न भएको छ ।
अस्पतालले पौस ६ देखि ८ गतेसम्म सञ्चालन गरेको ‘बेसिक लाइफ सपोर्ट तालिम’ मा करिब १ सय जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
दुर्घटना वा अन्य कारणले बेहोस भएका र हृदयघात लगायतका आकस्मिक उपचार आवश्यक पर्ने व्यक्तिको जीवन रक्षा गर्ने तरिका सिकाईएको अस्पतालकी एसिस्टेन्ट मेडिकल सुपरिन्टेन्डेन्ट डा. स्वेता झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालिममा कार्डियोपल्मोनरी रिसक्सिटेसन अन्तर्गत बालबालिका, नवजात शिशु तथा वयस्कलाई प्रदान गरिने आकस्मिक सेवाको प्रयोगात्मक तथा सैद्धान्तिक दुवै ज्ञान दिईएको थियो ।
त्यस्तै घाँटीमा खानेकुरा, सामान अड्किएमा निकाल्ने तरिका र प्रारम्भिक उपचारबारे सिप तथा जानकारी समेत प्रदान गरिएको अस्पतालकी डेप्युटि नर्सिङ सुपरिटेण्डेन्ट विद्या गुप्ताले जानकारी दिनुभयो ।

त्यस्तै, अस्पताल प्रमुख विजय रिमाल अब उपचारका लागि अन्यन्त्र जानु पर्ने बाद्यता अन्त्य भएको बताउनुभयो । उहाँले सम्भव भएसम्म सबै उपचार वीरगञ्जमै सम्भव बनाउने उदेश्य सहित अस्पतालका स्वास्थ्यकर्मीलाई पनि तालिम प्रदान गरिएको बताउनुभयो ।
नेपाल मेडिसिटी काठमाडौंका बेसिक लाईफ सपोर्ट प्रशिक्षक ज्ञानीदेवी महर्जन, रेनु चौधरी, रेजिना सिलवाल र गीता चौधरीले तालिम दिनुभएको थियो । उक्त तालिमा पर्सा र बाराका विभिन्न अस्पतालका स्वास्थ्यकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

