
जनस्वास्थ्य सरोकार, बैतडी । भारतमा कोरोनाको संक्रमण बढेसंगै भारतसंग सीमाना जोडिएका जिल्लाहरुमा सर्तकता अपनाउन आग्रह गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बैतडीले सूचना जारी गर्दै छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखिएकाले नेपालमा पनि यसको जोखिम रहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । सार्वजनिक यातायातमा यात्रा गर्दा
मास्क,स्यानिटाइजरको प्रयोग गर्न र भौतिक दूरी कायम गर्न र कोभिड–१९ विरुद्ध खोपको बुस्टर मात्रा लगाउन छुटेकाहरुले नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।
जोखिम बढेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । भिडभाड हुने स्थलमा सकभर नजान र जानै परे मास्क, स्यानिटाइजरको प्रयोग गर्नुपर्नेमा प्रशासनले जोड दिएको छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख १८ हजार सात सय १४ जनाको कोरोना परीक्षण गरिएकोमा ६१ हजार आठ सय ७२ जनामा संक्रमण भएको छ । संक्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।
बैतडीको झुलाघाट नाकामा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोनाको खोप कार्ड जाँच गरी मात्र आवतजावत गर्न दिइएको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
