जनस्वास्थ्य सरोकार, काठमाडौं । निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताउनुभएको छ ।

आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “मेरो छ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि कैयन उपलब्ध भने भएका छन् ।”
उहाँले कार्यकालमा आधारभूत अस्पताल निर्माणलाई तीव्रता दिएको तथा कोरोना महामारीविरुद्धको खोप लगाउने कार्यमा सफलता मिलेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले समेत प्रशंसा गरेको बताउनुभयो ।
“मेरो कार्यकालमा जे जति काम भएका छन् त्यसको श्रेय सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि जान्छ”, उहाँले भन्नुभयो, “यसका लागि मन्त्रालयका कर्मचारीलाई धन्यावाद दिन्छु ।”
उहाँ आफू विदाइ हुने क्रममा निराश नभएको बताउनुभयो । “म मन्त्रालयमा आउँदा धेरै खुसी थिइन र विदाइमा पनि निराश छैन, नयाँ मन्त्रीलाई कार्यकालको शुभकामना दिन्छु”, उहाँले भन्नुभयो ।
उहाँले नीति, रणनीति र कानुन तर्जुमा, पूर्वाधार निर्माणमा, कोभिड-१९, हैजा र डेङ्गु महामारी रोकथाम तथा नियन्त्रण र सेवा प्रवाह तथा सेवा विस्तार भएका उपलब्धि महत्वपूर्ण भएको बताउनुभएको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
