नेभिगेशन

अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि निर्देशिका जारी

जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि निर्देशिका जारी गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका २०७९ जारी गरेको हो । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा ४० ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका जारी गरिएको हो ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले नेपालको संविधानको धारा ३८ को उपधारा ९२० ले दिएको अधिकारको मर्मअनुसार निर्देशिका जारी गरिएको बताउनुभयो । उहाँले निर्देशिकामा अवस्था हेरी सहायता कक्ष र सहयोगीको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य शिक्षा तथा सूचना सामग्री अपाङ्गतामैत्री हुने व्यवस्था गरेको जानकारी दिनुभयो । यसैगरी नेत्रहीन युवा सङ्घ नेपालका अध्यक्ष कलाधर भण्डारीले निर्देशिकाका लागि आफूहरूको पनि ठूलो योगदान रहेको भन्दै कार्यान्वयनमा जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तिका लागि पनि प्रजनन अधिकार नैसर्गिक अधिकार भएको कुरा स्वास्थ्य सेवा प्रदायकलाई बुझाउन जरुरी रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट