
जनस्वास्थ्य सरोकार, चितवन । भरतपुर अस्पतालको अध्यक्षमा युवा उद्यमी राजु पौडेल नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अस्पताल विकास समितिको अध्यक्षमा युवा उद्यमी पौडेललाई नियुक्त गरेको हो ।
पौडेल फ्रेन्ड्स अफ भरतपुर अस्पतालको संयोजक समेत हुनुहुन्छ । उक्त संस्थामा रहेर पौडेलले भरतपुर अस्पतालको विकासमा योगदान दिंदै आउनुभएको छ ।
तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उठ्न अध्यक्ष पदबाट राजीनामा दिनु भएको थियो । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उहाँ पराजित हुनु भएको थियो ।
चितवनको भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । ६५० शैयासहित सञ्चालित अस्पताल राजधानी काठमाडौँमा रहेको वीर अस्पतालपछि सबैभन्दा धेरै विरामीलाई सेवा दिने अस्पताल हो ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

