
जनस्वास्थ्य सरोकार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएकाले त्रिविअन्तर्गतका विभिन्न निकायमा जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्न निर्देशन दिएको बताउनुभयो ।
उहाँका अनुसार त्रिविका विभिन्न निकायमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ ।
नेपालमा कोभिड–१९ को सङ्क्रमण कम हुँदै गएको छ । तर विश्वव्यापीरुपमा छिमेकीलगायत केही देशमा उक्त रोगको नयाँ भेरियन्ट विएफ ७ देखा परेको छ । त्यसैले नेपालमा सचेतना अपनाउनुपर्ने भएकाले त्रिविअन्तर्गतका निकायमा भीडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको त्रिविले जनाएको छ ।
नेपालमा नयाँ भेरियन्टको पुष्टि भएको छैन । छिमेकी मुलुक भारत र चीनमा नयाँ भेरियन्ट देखिएकाले नेपाल उच्च जोखिममा रहेको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

