
जनस्वास्थ्य सरोकार, काठमाडौँ । महान फुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट पिडित पेलेको उपचारको क्रममा निधन भएको हो । उहाँको ब्राजिलको साओ पाउलोस्थित अस्पतालमा उपचार भइरहेको थियो ।
विश्वकपको इतिहासमा तीन विश्वकप जित्ने पेले एक मात्र खेलाडी हुनुहुन्थ्यो । ब्राजिलले १९५८, १९६२ र १९७० को विश्वकप जित्दा पेलेले महत्वपूर्ण भूमिका निभाउनुभएको थियो ।
उहाँले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गर्नुभएको थियो । त्यस्तै उहाँले आफ्नो करियरमा १२ सयभन्दा बढी गोल गरेको बताइन्छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

