
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल सरकार कोरोना भाइरस विरुद्धको मौज्दात रहेको ‘साइनोभ्याक’ खोप प्रयोग गर्नका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को निर्णय पर्खने भएको छ । अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि प्रयोग गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा डब्लुएचओले ‘साइनोभ्याक’ खोपको अनुमति दिएपछि मात्र प्रयोग गर्न भएकाले निर्णय कुरेर बसेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले मौज्दात रहेको ‘साइनोभ्याक’ खोपका सम्बन्धमा डब्लुएचओले निर्णय गरेपछि मात्र प्रयोग गर्न मिल्ने बताउनुभयो ।
“साइनोभ्याक खोप बुस्टर डोजका लागि त्यति प्रभावकारी रहेको छैन”, उहाँले भन्नुभयो, “त्यही भएर हामीले बुस्टर डोजका लागि प्रयोग गरेका छैनौँ । बुस्टर डोजका लागि प्रयोग गर्नका लागि डब्लुएचओले अनुमति दिनुपर्दछ । अनुमति दिएपछि मात्र हामीले प्रयोग गर्छौँ ।”
उहाँका अनुसार डब्लुएचओले अनुमति दिएपछि नेपालको खोप सल्लाहकार समितिले पनि अनुमति दिनुपर्ने हुन्छ, अनि मात्रा प्रयोग गर्न मिल्छ । “डब्लुएचओले नियमित रुपमा खोपको प्रभावकारीताबारे अध्ययन गरिरहेको हुन्छ,” उहाँले भन्नुभयो, “डब्लुएचओले गरेको अध्ययनमा बुस्टर डोजका लागि प्रयोग गर्न मिल्छ भनेपछि मात्र हामीले प्रयोग गर्दर्छौँ ।” चीन सरकारले सन् २०२२ मार्च २६ र २८ तारिखमा करिब ४० लाख मात्रा ‘साइनोभ्याक’ खोप उपलब्ध गराएको थियो ।
महाशाखा निर्देशक डा लालले कुनै मुलुकलाई प्रयोग गर्न दिन सकिने बताउनुहुन्छ । सरकारले माथिल्लो तहले नेपाल जस्तै महामारी फैलिएको मुलुकमा प्रयोग गर्न सकिने भएकाले अन्य मुलुकलाई पहिलो र दोस्रो मात्राको प्रयोगका लागि दिन सकिने बताउनुहुन्छ ।
उहाँले नेपालमा पनि कुनै ठाउँबाट पहिलो र दोस्रो मात्रा प्रयोग गर्नका लागि माग गरिएमा पठाउन सकिने बताउनुभयो । आगामी २०२३ को अक्टोबर महिनासम्म उक्त खोपको म्याद रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । अहिले ती खोपलाई केन्द्रीय भण्डारण टेकुमा राखिएको छ । सरकारले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने भएपछि अमेरिकाबाट कोभ्याक्समार्फत १५ लाख फाइजर खोप ल्याउन थालेको हो । रासस
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
