
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अल्का अस्पतालले आजबाट राष्ट्रिय स्तरको ५ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । अस्पतालले मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ सेवा, आ।भि।एफ एण्ड इन्फर्टिलिटि विशेषज्ञ सेवा ९निःसन्तान दम्पतीहरुका लागि० र न्युरो साइक्यिाट्रिक विशेषज्ञ सेवा शिविर सञ्चलन गरेको हो ।
शिविर अस्पताल परिसरमा हुने बताइएको छ । शिविरमा सहभागी बिरामीहरुले महिना दिनसम्म अस्पतालमा उपचारका लागि फलोअप गर्नसक्ने अस्पतालले बताएको छ । अस्पतालका प्रशासन प्रमुख भगवान केसीका अनुसार शिविरमा जाने बिरामीहरुले एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिने छ । उनले शिविरमा सहभागीहरूले एक महिनासम्म फलो अप गर्दा कुनै शुल्क नलाग्ने बताउनुभयो। शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याब जाँच र औषधि वितरण गरिने उहाँले बताउनुभयो ।
एमआरआई र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख केसीले शिविरबारे जानकारी गराउन रेडियो, टेलिभिजन, माइकिङ गर्ने काम भइरहेको पनि बताउनुभयो । अस्पतालले प्रत्येक दिन शिविरमा आएका १ सयसम्म बिरामीको चेकजाँच गर्ने लक्ष्य राखेको बताए । उहाँले शिविरमा आएका बिरामीहरुलाई १० दिनसम्मका लागि निःशुल्क औषधि उपलब्ध गराउने पनि बताउनुभयो ।
अस्पतालका प्रशासन प्रमुख केसीले आवश्यक विशेषज्ञ सेवाबाट वञ्चित भइरहेका बिरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरेको भएपनि परीक्षणका लागि अस्पतालमा पुगेका सबैले परीक्षण गर्नसक्ने बताउनुभयो । उहाँले शिविरमा सहभागीहरुले शिविर अवधिभर कुनैपनि किसिमको सेवामा शुल्क बुझाउनु नपर्ने पनि स्पष्ट पार्नुभयो ।
शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा एक लाख छुटको व्यवस्था मिलाइएको अस्पतालले बताएको छ । शिविर पुस १८ गतेदेखि पुस २२ गतेसम्म ५ दिन चल्नेछ । शिविर कार्यक्रम बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सबै विषयमा गरी अस्पतालले दिनको ३ सयसम्म बरामीको परीक्षण गर्ने लक्ष्य लिएको बताउनु भयो । यसअघि पनि विभिन्न समयमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
