
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ।
पुस १ गतेदेखि मिर्गौला प्रत्यारोपणा सेवा सुरु गरेको नर्भिकले दुईजनाको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले जानकारी दिनुभयो।
नर्भिक अस्पतालका विज्ञ चिकित्सकद्वय राकेश बर्मा र आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मिर्गौला प्रत्यारोपण गर्नुभएको हो ।
मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।
‘सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएका २ वटा केसमध्ये पहिलो केही जटिल रहेको थियो,’ मिश्रले भन्नुभयो ‘पहिलो पटक नर्भिकमा मिर्गौला प्रत्यारोपण गरिएको बिरामीमा मुटुको धमनीमा समस्या लगायतका जटिलता थियो तर, नर्भिकमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण जटिल हुँदाहुँदै पनि सफलतापूर्वक प्रत्यारोपण भएको छ।
आगामी दिनमा यो सेवालाई बिस्तार गर्दै लगिने अस्पतालले बताएको छ। तीन महिना पहिले प्रत्यारोपणको स्वीकृति पाएको नर्भिकले हालसम्म २ जनाको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरेको हो।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
