
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नाबालिग जबर्जस्तीकरणी मुद्धामा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई मानसिक समस्या देखिएको छ ।
पछिल्लो समय मानसिक रूपमा निकै शिथिल र कमजोर देखिएपछि जेलरसँगको सल्लाहमा लामिछानेलाई आवश्यक मानसिक परामर्श दिन थालिएको हो ।
सोमबार बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मी कारागारमा पुगेर लामिछानेलाई मनोपरामर्श दिनुभएको बताइएको छ ।
कारागारमा काउन्सिलिङका लागि भिन्नै कोठाको व्यवस्था नहुँदा सन्दीपलाई काउन्सिलिङ गर्न कठीन भएको छ। अहिले सामूहिक कैदी बन्दीहरू बसेकै कोठामा काउन्सिलिङ गर्नुपर्ने बाध्यता रहेको छ ।
उहाँ मुद्दा पुर्पक्षको निम्ति काठमाडौं जिल्ला अदालतको आदेशपछि दुई महिनादेखि केन्द्रीय कारागार सुन्धारामा हुनुहुन्छ ।
उमेर नपुगेकी किशोरीलाई गौशालाको होटलमा रातभर बलात्कार गरेको आरोपमा लामिछाने पक्राउ पर्नुभएको थियो । क्रिकेट प्रतियोगिताको क्रममा विदेशमा छँदा उक्त आरोप लागेका उहाँ झण्डै एक महिनापछि स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गिरफ्तार हुनुभएको थियो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

