
जनस्वास्थ्य सरोकार, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–२ सुरक्षित खानेपानीयुक्त वडा घोषणा भएको छ ।
भूमे गाउँपालिकामा रहेको पानीको गुणस्तर परीक्षण टोलीले निरन्तर गरेको जाँचका आधारमा पानीमा इकोली तथा कोलिफर्मजस्ता कीटाणु नपाइएकाले उक्त क्षेत्रलाई सुरक्षित खानेपानीयुक्त क्षेत्र घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।
‘एक घर, एक धारा’ रहेको वडाको कात्नेखोलामा करिब ६५ घरधुरीले प्रयोग गर्ने पानीमा कुनै कीटाणु नपाइएपछि सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो ।
भूमे गाउँपालिकाको यो पहिलो क्षेत्रका रूपमा वडा नं २ को कात्नेखोलालाई पहिलो सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो । रासस
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

