
जनस्वास्थ्य सरोकार, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको स्वास्थ्य संस्थालाई रु १६ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको छ । फाउन्डेसन फर इन्टरनेश्नल डेभलपमेन्ट पब्लिक रिलिफ जापानिज संस्थाले पालिकाभित्रका छ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
गाउँपालिकाका वडा नं १, ४ र ५ मा सञ्चालित स्वास्थ्य चौकीलाई करिब रु दुईरदुई लाख बराबर, वडा नं ३ मा रहेका दुई वटा स्वास्थ्य चौकीलाई रु दुईरदुई लाख र वडा नं २ को प्राथमिक स्वास्थ्य केन्द्र दोदीलाई पाँच लाख बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको प्रोजेक्ट म्यानेजर गुणवीर नेवारले बताउनुभयो ।
उहाँका अनुसार रिफ्रिजेरेटर, हाइस्केल, बइटस्केल, साल्टर स्केल, गुल्कोमिटर, डिजिटल थर्मोमिटर, माइक्रोस्कोप, बेबी बारमर, वासिङ मेसिन, बिपी सेट, डेन्टल सेट र ग्लोब्सलगायतका सामग्री प्रदान गरिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेचा, सल्यान गाउँपालिका उपाध्यक्ष बिना राईले स्वास्थ्य संस्थालाई आवश्यक सामग्री प्राप्त भएको भन्दै सहयोगी संस्थालाई धन्यवाद दिनुभयो ।
वडा नं १, २ र ३ का स्वास्थ्य संस्थालाई हिजो सामग्री हस्तान्तरण गरिएको छ भने वडा नं ४ र ५ का स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न बाँकी छ ।
रासस
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

