जनस्वास्थ्य सरोकार, भक्तपुर । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्ययनका लागि लिनुपर्ने एकीकृत प्रवेश परीक्षा (इन्ट्रान्स) को अनलाइन आवेदन फाराम ढिलो गरेर भएपनि खुलाएको छ । कात्तिकको तेस्रो सातामा परीक्षाका लागि आवेदन सूचना प्रकाशित गर्नुपर्नेमा आयोगले ढिलो गरेपछि एकीकृत प्रवेश परीक्षाको कुराइमा बसेका हजारौ विद्यार्थी एक वर्ष आफ्नो समय त्यसै खेर जाने हो कि भन्नेमा चिन्ता थिए ।
सम्पूर्ण विश्वविद्यालय, प्रतिष्ठानअन्तर्गतका शिक्षण संस्थाहरुमा सञ्चालन हुने चिकित्सा शिक्षा स्नातक तहमा योग्यता पुगेका इच्छुक विद्यार्थीहरुले पुस २४ गते आइतबार बिहान १० बजेदेखि माघ २४ गते अपरान्ह ५ बजेसम्म अनलाइन आवेदन पेश गर्नुपर्ने छ ।
अनलाइन फाराम भरेकाहरुमध्ये एमबीबीएसको परीक्षा आगामी चैत २४ गते, बीडीएसको २५ गते, बीएस्सी नर्सिङ, बीएएसएलपी, ब्याच्लर इन पफ्र्युजन टेक्नोलोजीका लागि २६ गते, बाम्स, बीएनएस, बीएस्सी एमएलटी, बीएस्सी एमआईटी, बी फर्मा, ब्याच्लर इन अप्टोमेट्री, बीपीटीको २७ गते, बीपीएचको २८ गते तोकिएको छ ।
परीक्षार्थीले प्रत्येक शैक्षिक कार्यक्रमका लागि छुट्टाछुट्टै बैंक भौचर र आवेदन फारम भर्नुपर्ने छ । बिहान ११ बजेदेखि २ बजेसम्म ३ घण्टा हुने सो परीक्षाको पूणाङ्क २०० हुनेछ । एक भन्दा बढी कार्यक्रमका लागि आवेदन दिने उम्मेदवारहरुले परीक्षा तालिका बमोजिम एकै समयमा परीक्षा नजुध्ने गरी आवदेन दिन सक्नेछन् ।
‘कुष्ठ प्रभावितलाई स्वावलम्बी, आत्मनिर्भर र सक्षम बनाइनुपर्छ’
आइतबार, भदौ ७, २०८३
त्रिवि शिक्षण अस्पतालमा गर्भमै रहेको बच्चाको एनिमियाको सफल उपचार
आइतबार, भदौ ७, २०८३
अस्ट्रेलियामा स्तनधारी जीवमा एच-५ बर्ड फ्लुको पहिलो संक्रमण पुष्टि
आइतबार, भदौ ७, २०८३
सल्यानमा स्क्रबटाइफस संक्रमण बढ्दो, एक जनाको मृत्यु
आइतबार, भदौ ७, २०८३
