नेभिगेशन

नर्सलाई बलात्कार गरेको अभियोगमा अस्पताल सञ्चालक पक्राउ

जनस्वास्थ्य सरोकार, विराटनगर । विराटनगरको सञ्जीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.ली.का सञ्चालक बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको औरावनी घर भई विराटनगरमा बस्दै आएका ३३ वर्षीय दिवाकर यादव रहेका छन् । उनलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । २७ वर्षीय नर्सलाई गत भदौ २१ गते दिउँसो विराटनगरस्थित डेरामा जबरजस्ती करणी गरी कुटपिट गरेको यादवलाई आरोप लागेको छ ।

ती युवतीले यादवविरुद्ध जबरजस्ती करणी गरेको भन्दै सोही समयमा मोरङ प्रहरीमा उजुरी गरेकी थिइन् । निवेदन दर्ता भएको चार महिनापछि आरोपीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिका बहादुर कार्कीले जानकारी दिनुभएको छ। पक्राउ परेका यादवलाई प्रहरीले आइतबार मोरङ अदालतमा जबरजस्ती करणीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

‘२१ भदौमा दिउँसो कोठामा बसेको थिए । विपक्षी आइ जबरजस्ती करणी गर्न खोजेपछि मैले इन्कार गर्दा मलाइ विभिन्न धाक धम्की दिई करणी गर्नुभयो । म रोई कराइ गर्दा मलाई लात्ती, घुस्सा समेतले कुटपिट गरी अचेत बनाइ हिँड्नुभयो । त्यसपछि छरछिमेकले थापा पाई हस्पिटल लगेर औषधी उपचार गरेपछि ठिक भएको थिएँ,’ ती युवतीले दिएको जाहेरीमा उल्लेख छ । प्रहरीमा जाहेरी हालेपछि यादव फरार भएको समाचार रातोपाटीले उल्लेख गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट