
जनस्वास्थ्य सरोकार, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाभित्र उत्पादन भएको फोहर उचित व्यवस्थापन नगर्दा जताततै दुर्गन्ध फैलिएको छ ।
स्थानीय सरकार स्वायत्त शासन सञ्चालन ऐनअनुसार स्थानीय सरकारले फोहर व्यवस्थापन गर्न डम्पिङ नभई ल्याण्डफिल साइट बनाउनुपर्ने भए पनि नगरपालिकाले कालीन्जोर खोला किनारमा लगेर फोहर थुपारी आगो लगाउँदा स्थानीयलाई असर गरेको सुनिलकुमार साहले बताउनुभयो ।
ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रालि लालबन्दीले बजारमा उत्पादन भएको फोहर उठाएर नगरपालिकाले तोकेको क्षेत्रमा फाल्छ ।
खुला स्थानमा लगेर फालिएको फोहर जङ्गली जनावरका साथै चराचुरुङ्गीले टिपेर र हावाले उडाएर अन्यन्त्र लैजाने गरेको अर्का स्थानीय राजन पोख्रेलले बताउनुभयो ।
उनका अनुसार फोहर थुपारेपछि आगो लगाउनाले बजारलाई असर पुग्छ । सात वर्ष पहिला नै नगरपालिकाले ल्याण्डफिल साइटको रुपमा कालीन्जोर नदी किनारको भाग बनाएको र आफूले त्यही लगेर फोहर फाल्ने गरेको ठेकेदार कम्पनी ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रालि लालबन्दीका सञ्चालक माधव बरालले बताउनुभयो ।
नदी किनारमा फोहर डम्पिङ गर्ने र चार÷पाँच दिनमा फोहरलाई आगो लगाउने गरिन्छ । त्यतिञ्जेल फोहोर यत्रतत्र पुग्ने गर्दा सो क्षेत्र दुर्गन्धित भएको स्थानीय उमाशङ्कर साहले बताउनुभयो । नगरपालिकाले विशुद्ध परम्परागतरुपमा फोहरलाई व्यवस्थापन गर्ने गरेको छ ।
अबको पहिलो चरणमा फोहरलाई खाल्डो बनाएर पुर्ने काम गर्ने र विस्तारै ल्याण्डफिल साइट निर्माण गरी सोही स्थानमा फोहर व्यावस्थापन गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताउनुभयो ।
उहाँले तत्काल कुनै व्यवस्थापन गर्न सक्ने अवस्था नरहे पनि आज लगेको फोहर आजै खाल्डो बनाएर पुर्ने काम हुने बताए। अहिले वातावरणसमेत प्रदूषित भएको छ ।
कतिपयले आफूखुसी फोहर फ्याँक्ने काम गर्दा फोहर जताततै देखिन्छ । रासस
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
