
जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले एसियन र पानस फर्मास्युटिकल्सको ३ वटा फरक व्याचका औषधि बिक्रीवितरणमा रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न सुचना जारी गरेको छ । बजार अनुगमनको क्रममा संकलन गरिएका औषधिको नमुना परीक्षणमा एसिएनका २ र पानसको एक गरी ३ व्याचका औषधि न्युन गुणस्तर पाइएपछि विभागले सो निर्देशन दिएको हो ।
विभागको अनुगमनका क्रममा एसियन फर्मास्युटिकल्सको इओटी–८०३० व्याच नम्बर भएको इसोटम–४० (इसोमीप्राजोल–४० एमजी), व्याच नम्बर एलआरटी ८०५४ भएको लोरी–१ (लोराजेपाम ट्याब्लेट) र पानस फर्मास्युटिकल्सको व्याच नं टिइओ ०३७ एस्प्रो–४० (इसोमीप्राजोल –४० एमजी) नामका औषधि न्यून गुणस्तर भएको पाएको थियो ।
विभागले न्युन गुणस्तर ती औषधिहरु औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रिवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सो को विवरण विभागमा पेस गर्न दुवै औषधि कम्पनीलाई निर्देशन दिएको छ । साथै विभागले उक्त औषधिहरुको सिफारिस, बिक्री, वितरण तथा प्रयोग समेत नगर्न, नगराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
