
जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले एसियन र पानस फर्मास्युटिकल्सको ३ वटा फरक व्याचका औषधि बिक्रीवितरणमा रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न सुचना जारी गरेको छ । बजार अनुगमनको क्रममा संकलन गरिएका औषधिको नमुना परीक्षणमा एसिएनका २ र पानसको एक गरी ३ व्याचका औषधि न्युन गुणस्तर पाइएपछि विभागले सो निर्देशन दिएको हो ।
विभागको अनुगमनका क्रममा एसियन फर्मास्युटिकल्सको इओटी–८०३० व्याच नम्बर भएको इसोटम–४० (इसोमीप्राजोल–४० एमजी), व्याच नम्बर एलआरटी ८०५४ भएको लोरी–१ (लोराजेपाम ट्याब्लेट) र पानस फर्मास्युटिकल्सको व्याच नं टिइओ ०३७ एस्प्रो–४० (इसोमीप्राजोल –४० एमजी) नामका औषधि न्यून गुणस्तर भएको पाएको थियो ।
विभागले न्युन गुणस्तर ती औषधिहरु औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रिवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सो को विवरण विभागमा पेस गर्न दुवै औषधि कम्पनीलाई निर्देशन दिएको छ । साथै विभागले उक्त औषधिहरुको सिफारिस, बिक्री, वितरण तथा प्रयोग समेत नगर्न, नगराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

