
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पानी नपरेका कारण केही दिनयतादेखि काठमाडौं उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तराईमा हुस्सु लाग्न थालेको र वायू प्रदूषण दिनहुँ बढिरहेको छ । सो शाखाले काठमाडौं, भक्तपुर, दाङको तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर बन्दै गएको जनाएको छ ।
हावाको गुणस्तर सूचक मापन ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहान ७ बजेर ४५ मिनेटको तथ्याङ्कअनुसार भक्तपुर, काठमाडौँ, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर रहेको छ । काठमाडौं एयर क्वालिटी इन्डेक्स (एक्युआई) एक सय ५३ रहेको छ ।
यस्तै भक्तपुरको एक सय ५४, तुलसीपुरको एकसय आठ र धनकुटाको एकसय ६ रहेको छ ।
एक्यूआई सूचकाङ्क सयदेखि एक सय ५० सम्म पुग्दा बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर तथा एक सय ५० भन्दामाथि एक्युआइ पुग्नु सबैका लागि अस्वस्थकर मानिन्छ । सामान्यतया शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ ।
उक्त सूचकाङ्कअनुसार एक सय ५० भन्दामाथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ ।
अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ । सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
