जनस्वास्थ्य सरोकार, पर्वत । घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो ।

परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उनले देखाएका छन् ।
विगत दुई दशकदेखि व्यावसायिकरूपमा मौरीपालन व्यावसाय गर्दै आउनुभएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाखसम्म आम्दानी गर्दै आएको हो ।
उनको घरमा अहिले एक सयभन्दा बढी मौरीका घार छन् भने ‘सिजन’मा यसको सङ्ख्या अझै थपिने गर्दछ ।
उनले ‘एपि सेरेना’ जातको मौरी पालनबाट मनग्य कमाइ गर्न सफल भएको बताउनुभयो । सुरुका केही वर्ष चिसोका कारण ५० प्रतिशत घाटा व्यहोरेका किसान तिमिल्सिनाले पछिल्ला वर्ष सोचेजति नै आम्दानी हुने गरेको जानकारी दिए ।
उनले वर्षमा दुईपटक मह निकाल्ने गर्नुभएको छ । विसं २०५७ बाट व्यावसायिक माहुरीपालन गर्न थालेका कृषक तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो ।
उनले उत्पादन गरेको मह धेरै मात्रामा घरबाटै बिक्री हुने गरेको छ भने काठमाडौँ, चितवन, बुटवललगायत बजारमा ब्रान्ड बनिसकेको छ ।्तिमिल्सिना जिल्लाकै नमूना मौरीपालक किसान हुनुहुन्छ । उहाँले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुन्छ । उनले भने, “कुश्माबजार, बागलुङ, काठमाडौँ, पोखरा र बुटवललगायतका क्षेत्रबाट पनि व्यवसायी घरमै आएर लैजाने गरेका छन् ।”
विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिएका थिए । उनले महमात्र बिक्री गर्नुहुँदैन मौरीको घार र गोलासमेत बिक्री गर्ने गर्छन् ।
मौरीसहितको घार बिक्रीबाट बर्सेनि रु २० लाखभन्दा बढी आम्दानी हुन्छ उनले भने । उनको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन् । उनले वर्षमा तीन सय घारसम्म बिक्री गर्ने गरेका छन् । मौरीसहितका घार प्रतिगोटा रु नौ हजार र मह प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएको उहाँले बताए। विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । उहाँले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए ।
– रासस
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
