
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालनमा ल्याएको छ । अस्पतालले न्युरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालनमा ल्याएको हो । गरिएको हो ।
नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरेको मुटुरोग विशेषज्ञ प्रा.डा. राजेश नेपालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘क्याथल्याब त धेरैतिर छन्, तर न्युरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने वाइप्लेन क्याथल्याब नेपालमा अन्त छैनन्, केएमसीले सुरु गरेको यो नेपालकै पहिलो अत्याधुनिक वाइप्लेन क्याथल्याब हो ।’
जर्मनबाट उपकरणहरू ल्याएर करिब २५ करोडको लागतमा अत्याधुनिक क्याथल्याब सञ्चालन गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिनुभयो । सरकारी अस्पतालकै दररेटमा केएमसीले सेवा उपलब्ध गराउने उहाँको भनाई छ ।
गम्भीर प्रकारको मस्तिष्क घात भएका विरामीलाई यो क्याथल्याबभित्रै सिटी स्क्यान गर्न सकिनेछ । जटिल अवस्थाको भास्कुलर र न्युरो शल्यक्रियाका लागि थ्रिडी इमेजिङ्ग र थ्रिडी रोडम्यापको सुविधा पनि छ । मुटुको अप्रेसन नगरी भल्व फेर्ने प्रविधिलाई गाइड गर्ने थ्रिडीसहितको ट्यावीको सुविधा पनि यो क्याथल्याबमा छ ।
यस्तो सुविधा नेपालका अन्य क्याथल्याबमा नभएको चिकित्सकहरू बताउँछन् । चिकित्सकहरूका अनुसार अन्य क्याथल्याबको तुलनामा यसमा निकै कम रेडिएसन प्रयोग हुन्छ । यहाँ ५५ इन्चको स्क्रिनमा हेरेर चिकित्सकले शल्यक्रिया गर्छन् ।
अत्याधुनिक सुविधा सम्पन्न क्याथल्याब भएकाले विरामीलाई पनि निकै सहज हुने चिकित्सकहरूको भनाइ छ ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
