
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरिने बताउनुभएको छ । मंगलबार प्रतिनिधी सभा बैठकमा दलहरुसँग विश्वासको मत माग्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘अस्पतालमा सामान्य शल्यक्रिया गर्न समेत चार महिनासम्म लाइन बस्नुपर्ने अवस्था किन आयो’ प्रधानमन्त्री दाहाल भन्नुभयो–‘अब यस्तो अवस्थाको अन्त्य गर्नुपर्छ।’
सरकारी, सामुदायिक र निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरीयता सुनिश्चितताका लागि अधिकार सम्पन्न नियमनकारी निकाय राष्ट्रिय प्रत्यायन प्राधिकरण गठन गर्ने आफ्नो सरकारको प्राथमिकता रहेको पनि प्रभानमन्त्री दाहालले बताउनुभयो ।
दाहालले सबै बालबालिकलाई पूर्ण खोप शुनिश्चित गर्ने, अधिकांश रोगको उपचार स्वदेशमा नै हुने प्रबन्ध गर्ने, आम नागरिकमा चिकित्सा सेवा पुऱ्याउन चिकित्सकहरूको संख्या बढाउने पनि बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

