
जनस्वास्थ्य सरोकार, पाल्पा । पाल्पाको माथागढी गाउँपालिकामा निःशुल्क एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरबाट ३ सय ५७ जनाले विभिन्न सेवा लिएका छन् । दुर्गम क्षेत्रका विपन्न नागरिकका लागि सञ्चालन गरिएको शिविर, पालिकाको वडा नं। ४, ५, ६, ७ र ८ का नागरिकलाई मध्यनजर गर्दै सञ्चालन गरिएको थियो ।
मोतिया विन्दुबाट प्रभावित ४१ जनाको शल्यक्रियापछि आँखा देख्ने भएका छन् । शिविरमा १ सय ४० जना महिलाले पाठेघरको मुखको क्यान्सरको जाँच गराएका छन् । शिविरबाट केही जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि सिफारिस गरिएको माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो ।
यस्तै ३१ जनाले परिवार नियोजन सेवा तथा एक जनाले आयुसिडी सेवा लिएको पालिकाका स्वास्थ्य संयोजक केशव जिसीले बताउनुभयो । नेपाल नेत्र ज्योति सङ्घ पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेन र नेपाल परिवार नियोजन सङ्घ पाल्पा शाखाको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
