
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतीय कम्पनी मरिन बायोटेकबाट उत्पादित दुई कफ सिरप (खोकीका औषधि)लाई प्रयोग नगर्न सिफारिस गरेको छ।
डब्लुएचओका अनुसार एम्ब्रोनल सिरप र डीओके-१ म्याक्स सिरप रोक लगाइएको हो । यी दुवै एउटा कम्पनीका उत्पादन हुन्। डब्लुएओले बुधबार सचेत गराउँदै मरिनबाट उपादित ती औषधिको गुणस्तर जाँचमा कमसल पाइएको जनाएको हो।
डब्लुएचओले उक्त कफ सिरफको बिक्री रोक्न निर्देशन दिएको छ। उज्वेकिस्तानले ती कफ सिरवपको प्रयोगबाट १९ बालबालिकाको मृत्यु भएको आरोप लगाएको थियो।
नोएडास्थित उक्त कम्पनीका ती उत्पादन जाँच गर्दा कमसल पाइएको हो। बुधबार उत्तर प्रदेशको खाद्य सुरक्षा एवं औषधि प्रशासनले मरिनको लाइसेन्स रद्द गरिदिएको छ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

