
जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । नेपालगञ्जमा देखिएको दादुराको प्रकोप विस्तारै घट्दै गएको छ। दादुराबाट संक्रमित भएकामध्ये आधाजति निको भइसकेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
स्वास्थ्य कार्यालय, नेपालगञ्जका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार पुस १२ गतेयता १ सय १५ जना दादुरा संक्रमित फेला परेकोमा ५२ जना निको भएका छन्। अहिले ६२ जनाको उपचार भइरहेको छ। एक जनाको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिकामा १ सय १३ र खजुरा गाउँपालिकामा दुई जनामा संक्रमण देखिएको थियो। नेपालगञ्जमा पुस २२ गतेदेखि दादुराविरुद्धको खोप अभियान चलाइएको छ। गम्भीर भएका बिरामीलाई अस्पताल लगिएको छ भने सामान्यलाई घरमै आइसोलेट गरेर उपचार गरिएको छ।
नेपालगञ्जका आठ वटा वडामा खोप अभियान चलेको छ। १, ४, ५, ७, ८, ११, १४ र १५ नम्बर वडा बिहीबार पनि खोप लगाइएको छ। अहिलेसम्म ७ हजार १ सय ६३ जनालाई खोप लगाइएको छ।
जिल्लामा अझै सात हजार डोज खोप स्टक रहेको र ३० हजार डोज आउँदै गरेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
