जनस्वास्थ्य सरोकार, काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उहाँकी धर्मपत्नी डा. सोना दिवाकर र छोराको निधन भएको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एन–एनएनसी एटीआर विमान पोखरा सेती खोचमा आइतबार विहान १०.३२ बजेतिर दुर्घटना हुँदा डा. परिवारसहित ७२ जनाको निधन भएको हो ।

हालसम्म ६८ जनाको शव फेला परिसकेको छ । मृतकहरुको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना हो । सो दुर्घटनामा नेपाली ५३ जना, भारतीय ५, रशियन ४, आयरल्यान्ड १, अस्टे्रलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी जम्मा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

