
जनस्वास्थ्य सरोकार, काठमाडौं । आइतबार पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव पहिचान गर्न काठमाडौंबाट दुई जना फरेन्सिक विशेषज्ञ पोखरा पुगेका छन् ।
शव पहिचानका लागि त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा आएर शवको परीक्षण थालेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा पुगेका हुन् ।
विमान दुर्घटना भएको सेती खोँचबाट संकलन गरिएका शवमध्ये ३ वटा शवको पहिचान भएको छैन । संकलन गरिएका ३९ शव पुरुष र २५ महिलाको शव भने पहिचान भइसकेको छ । अझैँ चार शव भने फेला परेको छैन । खोजी कार्य जारी रहेको छ ।
पहिचान गर्न नसकिएका शवहरुको पहिचान गर्न र पोस्टमार्टमका लागि डा. चौधरी र दाहाल पोखरा आएका हुन् ।
प्रकाशित मिति: सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

