
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेती खोंचमा दुर्घटनामा परेर मृत्यु भएकाहरुका परिवारलाई धैर्य गरेर बस्न आग्रह गरेको छ।
हिजो भएको दुर्घटनामा खोंचबाट ६९ जनाको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा रहेको छ। शवहरुको पोष्टमर्टम भर्खरै सुरु भएको छ। अहिले प्रतिष्ठानमा मृतकका परिवारले शव बुझाउन धेरै समय लागेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्।
प्रतिष्ठानका निर्देशन प्रा डा भरत बहादुर खत्रीले शव व्यवस्थापन कार्य भइरहेकोले मृतकका परिवार र आफन्तलाई धैयधारण गर्न अनुरोध गर्नुभएको छ ।
यस्तै, उहाँले पहिचान खुलेको र नखुलेको शवहरु छुट्टाछुट्टै राख्ने र पहिचान खुलेका शवहरुको पुष्टि गर्न प्रत्येक शवको दुई जनाको दरले पहिचान स्थलमा प्रवेश गर्न अनुमति दिने जनाएका छन्।
यस्तै, शवको क्रमसंख्या अनुसार पहिचान भएका शवहरुको परीक्षण गरिने र पुन पुष्टि गरि परिवरलाई हस्तान्तरण गरिनेछ। चालक दलका सदस्य, विदेशी नागरिक तथा पहिचान खुल्न नसकेको शवहरुलाई भने पहिचना परीक्षणका लागि काठमाडौं पठाइने पनि उहाँले बताउनुभयो ।

नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
