
जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिने भएको छ ।
पार्टी सभापति रवि लामिछानेको अध्यतामा आज (मंगलबार) बिहान बसेको बैठकले डा. कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।
त्यस्तै, संसदीय दलको बैठकले डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिशिर खनाललाई शिक्षामन्त्री, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ ।
सत्ता साझेदार दलहरुबीच भएको सहमतिमा रास्वपाले एक राज्यमन्त्रीसहित तीन मन्त्री पाउने भएको हो । जसमध्ये पार्टी सभापति लामिछाने उपप्रधान सहित गृहमन्त्री भइसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

